धारा नेपालगन्ज म्याराथनले मलेसियाको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ।
स्कोर म्याराथनका आयोजक स्कोर स्पोट्र्स म्यानेजमेन्टका संस्थापक एवं सीईओ प्याट्रेसिया टेन र धारा नेपालगन्ज म्याराथनका संस्थापक एवं अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे।
पहिलो चरणमा पाँच बर्षका लागि सम्झौता गरिएको र यसलाई आवश्यक परिमार्जनसहित समयावधि थप्दै जाने सहमति भएको नेपालगन्ज म्याराथनका संस्थापक एवं अध्यक्ष ठकुरीले बताए। उनी विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को नेपालका लागि दूत पनि हुन्।
‘मलेसियाको शीर्ष तीनभित्र पर्ने स्कोर म्याराथन वल्र्ड क्लास रोड रेस लेवल मान्यताप्राप्त म्याराथन हो, चालिस हजार भन्दा बढीले भाग लिने गर्छन्’, संस्थापक ठकुरीले भने, ‘यो सम्झौताले नेपाली धावक, अफिसियल, भोलन्टियर लगायतलाई विश्व स्तरीय म्याराथनबाट अनुभव बटुल्ने, नयाँ केही सिक्ने अवसर अवश्य प्राप्त हुनेछ। हामी धेरैभन्दा धेरै युवालाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाएर नेपालका म्याराथन तथा समग्र खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो या अभियान हो।’
सम्झौता अनुसार नेपालगन्ज म्याराथनको सिफारिसमा खेलाडी, अफिसियल, भोलन्टियर लगायतलाई मलेसिया र सिंगापुरमा हुने स्कोर म्याराथनका सिरिजमा दर्ता र आतिथ्यता लगायतका सुविधा प्रदान गरिनेछ भने स्कोर म्याराथनलाई नेपालगन्ज म्याराथन सिरिजमा सोही सुविधा प्रदान गरिेने उल्लेख रहेको अध्यक्ष ठकुरीले बताए।
Shares

प्रतिक्रिया