विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका लागि दक्षिण अफ्रिकाका तिब्र गतिका बलर मार्चेन्ट डे लाङ्गेलाई अनुबन्ध गरेको छ।
उनी दक्षिण अफ्रिकी राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका ६ फुट ७ ईन्चका दायाँ हाते फास्ट बलर हुन्। उनको प्रमुख विशेषता तिब्र गति र डेथ ओभर नियन्त्रण हो।
उनले दक्षिण अफ्रिका राष्ट्रिय टिम, आईपीएल, समरसेट (इङल्यान्ड), जोबर्ग सुपर किङ्स (एस ए२०), ट्रिनबागो नाइट राइडर्स (सीपीएल) लगायत विश्वका प्रमुख घरेलु फ्रेन्चाइज टोलीमा प्रभावशाली प्रदर्शन गरेको अनुभव छ।
उनको आगमनले विराटनगर किङ्समा फास्ट बलिंग युनिटलाई अझ बलियो बनाउने टोलीको विश्वास छ।
99
Shares

प्रतिक्रिया