मेडिकल व्यवसायी दुर्गा प्रसाईँ स्वेदश फर्किएका छन्। आगामी मंसिर मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेर दिल्ली पुगेका प्रसाईँ आज शुक्रबार साँझ नेपाल एयरलाइन्समार्फत काठमाडौँ आइपुगेका हुन्।
काठमाडौँ आउने क्रममा उनलाई दिल्ली विमानस्थलमा दिल्लीको अध्यागमन विभागले केहीबेर सोधपुछ गरेको थियो।
काठमाडौँ विमानस्थल ओर्लिसकेपछि उनले नेपालखबरसँग कुरा गर्दै दिल्लीमा आफूलाई खासै केही सोधपुस नभएको र सधैंजस्तै सामान्य सोधपुस मात्रै भएको प्रतिक्रिया दिए।
उनले भने, ‘म नेपाल आइसके खासै त्यस्तो केही भएन कसले के भन्यो त्यो त मलाई थाहा भएन।’
प्रसाई एक साताअघि दिल्ली गएका थिए। उनी दिल्लीबाटै सिङ्गापुरसमेत पुगेको बताइएको छ प्रसाईले पनि आफू काम विशेषले सिंगापुर गएर पुनस् दिल्ली फर्किएको बताएका छन्।
आन्दोलन घोषणा गरेर दिल्ली उँडेका उनलाई सरकारले भने वार्तामा आउन आग्रह गरेको छ।
यही कात्तिक २६ गते उनलाई वार्तामा बोलाइएको छ। प्रसाईँको सचिवालयले भने उनी नेपाल आइसकेपछि वार्ताबारे सकारलाई जवाफ दिने बताएको थियो।
Shares

प्रतिक्रिया