कोरोना भाइरस कोभिड–१९ का कारण रोकिएको इटालियन सिरी एलगायतका खेलकुद गतिविधि आगामी मेबाट सुरु हुने भएको छ।
कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेहरुको संख्या बढ्दै गएपछि प्रशिक्षणलगायतका सबै खेल गतिविधि बन्द भएका थिए। पछिल्लो समय कोरोना सक्रंमित र मृतकको संख्या घट्दै गएपछि इटालियन सरकारले मे १८ बाट प्रशिक्षण गर्न अनुमति दिएको छ।
इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले खेलाडीहरुको व्यक्तिगत प्रशिक्षण मे ४ र खेलको समूहहरुको प्रशिक्षण मे १८ बाट सञ्चालन गर्न सकिने बताए।
प्रशिक्षणको समयमा पनि सामाजिक दूरी कायम गर्न भने उनले आग्रह गरेका छन्। इटालियन फुटबल फेडेरेसनले प्रशिक्षणअघि सबै खेलाडीको स्वास्थ्य जाँच गर्न मेडिकल टोली तयारी अवस्थामा राखिसकेको जनाएको छ।
प्रतिक्रिया