समाज


महामारीमा पुरुषले किनमेल गर्नुपर्छ, महिलाले लामो समय लिन्छन् भनेपछि जापानी मेयर आलोचित

महामारीमा पुरुषले किनमेल गर्नुपर्छ, महिलाले लामो समय लिन्छन् भनेपछि जापानी मेयर आलोचित

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ७:२५,

कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपपछि हाल जापानमा संकटकाल लागू गरिएको छ। त्यहाँ खाद्यान्न पाइने पसल तथा मेडिकलहरु भने खुला छन्।

यसबीचमा जापानका एक मेयरले कोरोना महामारीको समयमा पुरुषले किनमेल गर्नुपर्ने बताएका छन्।

गतहप्ता उनले महिलाले किनमेल गर्न ढिला गर्ने र त्यो कोरोना प्रकोपका बेला हानिकारक हुने बताएका थिए।

‘महिलाहरु किनमेलका लागि पसलमा गए उनीहरु धेरै सामग्री हेर्छन र किनमेल गर्न समय लगाउँछन्’ ओसाकाका मेयर इचिरो मातुसीले भनेका थिए,‘पुरुषले चाँडै सामान किनमेल गर्छन् उनीहरु धेरै सयम पसलमा बस्दैनन्। यसरी पसलमा भीड हुँदैन र उनीहरु अरु मानिसको सम्पर्कमा आउँदैनन्।’

महामारीको बेला महिला किनमेलमा गए भीड हुने र त्यसले कोरोना संक्रमणको जोखिम बढ्ने अभिव्यक्ति दिएपछि हाल मातुसीको आलोचना सुरु भएको छ।

उनको अभिव्यक्ति महिला विरोधी भएको टिप्पणी भइरहेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .