पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा भारतले अस्ट्रेलियालाई ४८ रनले हराएको छ।
१६८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १८.२ ओभरमा ११९ रनमा अलआउट भयो।
अस्ट्रेलियाको इनिङ्स ओपनिङ गर्दा कप्तान मिचेल मार्स (३०) र म्याट सर्ट (२५) बाहेक सबै असफल भए।
अन्तिम पाँच ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्। अस्ट्रेलियालाई ११९ रनमा सीमित राख्न भारतीय स्पिन बलरहरूले महत्त्वपूर्ण भूमिका खेले।
वासिङटन सुन्दरले १.२ ओभरमा ३ रन दिएर ३ विकेट लिए। अक्षर पटेलले २ विकेट लिए भने वरुण चक्रवर्तीले १ विकेट लिए।
शिवम दुबेले पनि २ विकेट लिए। तीव्र गतिका बलरहरू अर्शदीप सिंह र जसप्रीत बुमराहले १-१ विकेट लिए।
अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतीय टोलीका शुभमन गिल र अभिषेक शर्माले राम्रो सुरुवात गरे र पहिलो विकेटका लागि ५६ रन जोडे।
अभिषेक २१ बलमा २८ रन बनाउँदै पहिलो विकेटका रूपमा आउट भए। त्यसपछि निरन्तर विकेट पतन भयो।
फलस्वरूप, टोलीले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो।
शुभमन गिल ३९ बलमा ४६ रन बनाउँदै सर्वाधिक स्कोरर बने। शिवम दुबेले २२, कप्तान सूर्यकुमार यादवले २० र अक्षर पटेलले २१ रन बनाए।
अस्ट्रेलियाका लागि नाथन एलिसले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए। एडम जाम्पाले ३ विकेट लिए तर ४ ओभरमा ४५ रन गुमाए।
जेभियर बार्टलेट र मार्कस स्टोइनिसले १-१ विकेट लिए।
आजको जतिसँगै भारत पाँच खेलको टी-२० शृंखलामा २-१ ले अगाडि भएको छ।
शृंखलाको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।
अब पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ।
Shares

प्रतिक्रिया