पहिलोपटक विश्वकपको उपाधि जितेकामा भारतीय महिला क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ५१ करोड रुपैयाँ पुरस्कार दिने भएको छ।
बीसीसीआईका सचिव देवजित सैकियाले महिला क्रिकेट विश्वकप च्याम्पियन बनेकामा भारतीय महिला क्रिकेट टोलीलाई ५१ करोड भारतीय रुपैयाँ पुरस्कार दिन लागिएको जानकारी दिएका हुन्।
उनले भनेका छन्, ‘महिला खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको सम्मानमा बीसीसीआईले पुरस्कारका रूपमा ५१ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। यो रकम सबै खेलाडी, प्रशिक्षक, छनोटकर्ता र सहयोगी कर्मचारीहरूलाई बाँडिनेछ।’
उता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले उपाधिसहित १४ मिलियन डलर अर्थात् झन्डै १२४ करोड भारतीय रुपैयाँ पुरस्कार दिनेछ। दुवै गरेर भारतीय महिला क्रिकेट टोलीले पौने २ करोड भारतीय रुपैयाँ पुरस्कार हात पार्ने भएको छ।
आइतबार भारतको नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा भएकोउ फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै विश्वकपको ५२ वर्ष र आफ्नो ४७ वर्षको इतिहास पहिलोपटक महिला क्रिकेट विश्वकपको उपाधि जितेको हो।
महिला एकदिवसीय विश्वकप ५२ वर्षअघि १९७३ मा सुरु भएको थियो भने भारतले पहिलोपटक सन् १९७८ मा भाग लिएको थियो।
Shares

प्रतिक्रिया