खेल


बेन चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

बेन चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १५:५२, काठमाडौँ

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि चौथो विदेशी खेलाडीको रुपमा बेन चाल्र्सवर्थलाई लिएको छ। देव्रे हातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने यी २४ वर्षे अलराउन्डर ग्लोसेस्टरसायरबाट इंग्लिस काउन्टी खेल्दै आएका छन्।

काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर-ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमारलाई आउदो सिजनको एनपीएलका लागि अनुबन्धन गरिसकेको छ।

चाल्र्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए। त्यसयता उनी निरन्तर सोहि टोलीबाट काउन्टीमा खेल्दै आएका छन् र ५७ खेलमा ३१ माथिको औषतमा २७५४ रन बनाइसकेका छन्, जसमा ४ शतक र १५ अर्धशतक छ। सोक्रममा उनले ३० विकेट पनि लिएका छन्। 

चाल्र्सवर्थले २८ लिष्ट ‘ए’ खेलमा १ हजार रनको आंकडा छुनेक्रममा छन्। ट्वान्टी-२० मा उनले ४४ खेलमा ३ अर्धशतकसहित ७७६ रन बनाइसकेका छन्। उनले १४५ माथिको स्ट्राइक रेटमा यो रन बनाएका हुन्। उनले खेलेका ट्वान्टी २० का सवै खेल भाइटालिटी ब्लास्टको हो। 

इंग्ल्यान्डबाट यू-१९ मा प्रतिनिधित्व गरिसकेका चाल्र्सवर्थ गत सिजनको यूएईको आईएल टी २० मा एमआई इमिरेट्सको टोलीमा रहेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad