खेल


विश्वकप लिग-२ : अमेरिकाविरुद्ध ब्याटिङमा नेपाल

विश्वकप लिग-२ : अमेरिकाविरुद्ध ब्याटिङमा नेपाल

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १०:३४, काठमाडौँ

आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत आज (शनिबार) नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। 

यूएईस्थित दुबईको आईसीसी एकेडेमीमा बिहान ११:१५ सुरु हुने खेलमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ। 

पहिलो खेलमा यूएईसँग ५ विकेटले पराजित नेपाल जारी सिरिजमा पहिलो जित निकाल्न चाहन्छ। 

उता सिरिजको पहिलो खेलमा यूएईलाइ ४ विकेटले हराएको अमेरिका लगातार दोस्रो जितको खोजीमा छ। 

 अंकतालिका:
जारी सिरिजमा लिगमा २२  खेलमध्ये १६ खेलमा जित र ६ खेलमा हार भोगेको अमेरिका ३२ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
लिगको १८ खेलमा ५ खेलमा जित र ११ हार र २ खेलमा अंक बाँडेको नेपाल १२ अंकमा सातौँ स्थानमा छ। 
समान खेलबाट १४ खेलमा हार र ४ खेलमा जित निकालेको यूएई ८ अंकमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad