खेल


अभ्यासका क्रममा बलले लाग्दा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु

अभ्यासका क्रममा बलले लाग्दा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार ९:२७, काठमाडौँ

मेलबर्नमा अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ।

१७ वर्षीय क्रिकेटर बेन अस्टिनलाई नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले टाउको र घाँटीमा लागेको हो।

अभ्यासका क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको थियो।

मंगलबार अस्पताल लगिएपछि बेनलाई लाइफ सपोर्टमा राखिएको थियो। यद्यपि उनको बुधबार मृत्यु भएको बीबीसीले जनाएको छ।

उनको क्रिकेट क्लबले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad