आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपाल आज (शुक्रबार) सामोयाविरुद्ध भिड्दैछ।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।
सुपर सिक्सको यो अन्तिम खेलमा सामोयालाई हराउँदै नेपाल टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि जित्न चाहन्छ।
सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि भने नेपाल यसअघि नै छनोट भइसकेको छ।
आज सामोया हराए नेपाल अपराजित रहेर विश्वकप खेल्नेछ।
विश्वकपको एसिया इस्ट प्यासिफिक छनोट प्रतियोगिताबाट नेपालसहित ओमान र यूएई विश्वकपका लागि छानिइसकेका छन्।
कतार, जापान र सामोया भने छनोट चरणबाट बाहिरिए।
छनोट चरणका ४ खेलबाट ८ अंक बनाउँदै नेपाल शीर्ष स्थानमा छ। ५ खेलबाट ६ अंक जोडेको यूएई दोस्रो र ४ खेलबाट ६ अंक नै बनाएको ओमान तेस्रो स्थानमा छन्।
सामोया भने यसअघिका चारै खेलमा पराजित भयो।
छनोट चरणमा जापानले एक र कतारले दुई खेल जिते।
आजै हुने सुपर सिक्सको पहिलो खेलमा जापान र ओमान भिड्ने छन्।
Shares

प्रतिक्रिया