समाज


सुतेकै ठाउँमा सर्पले टोक्दा १० वर्षीय बालकको मृत्यु

सुतेकै ठाउँमा सर्पले टोक्दा १० वर्षीय बालकको मृत्यु

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार ९:३६, झापा

विषालु सर्पको डसाइबाट झापाको अर्जुनधारा–११ चाम्लिङडाँडामा एक बालकको मृत्यु भएको छ। 

स्थानीय १० वर्षीय अनिश राईको गएराति विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो। उनलाई राति सुतिरहेको बेला ओच्छ्यानमै सर्पले डसेको आफन्तले बताएका छन्।

सर्पले टोकेको थाहा भएपछि बालकलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। 

उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad