खेल


नेपालले यूएईसामु प्रस्तुत गर्‍यो १४१ रनको लक्ष्य

नेपालले यूएईसामु प्रस्तुत गर्‍यो १४१ रनको लक्ष्य

तस्बिर : क्यान


नेपालखबर
असोज २६, २०८२ आइतबार १७:५५, काठमाडौँ

नेपालले आईसीसी विश्व टी२० क्वालिफायरको एसिया इस्ट प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्समा यूएईविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

आईसीसी टी–२० विश्वकप नेपालले जितका लागि संयुक्त अरब एमिरेट्स (यूएई) सामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको हो। 

ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको हो। 

पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ५६ रनको साझोदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

२६ बलमा २ चौका र २ छक्का सहयोगमा २८ रन बनाएका कुशल भुर्तेल हर्षित कौशिकको बलमा एलबीडब्लु धरापमा परे। १९ बलमा १ चौका सहयोगमा २० रन बनाएका कप्तान रोहित पौडेल मुहम्मद रोहिदको बलमा क्याच आउट हुन पुगे।

आशिफ शेख ५१ रन बनाउँदा ध्रुव पराशरको बलमा बोल्ड आउट भए। ४७ बलमा ४ चौका र १ छक्का हानेका आशिफ १६ औँ ओभरमा पेभेलियन फर्के। 

दीपेन्द्र सिंह ऐरी १ रनमा क्याच आउट भए। त्यसैगरी गुल्सन झा ५ बल २ चौका र १ छक्का सहयोगमा १४ रन बनाउँदा क्याच आउट नै हुन पुगे।

१८ औँ ओभरमा गुल्सनले पहिलो बल डट राखे। दोस्रो बलमा चौका, तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरे। तर पाचौँ बलमा क्याच आउट हुन पुगे। 

कुशल मल्ल १० रन बनाउँदा क्याच आउट नै भए। सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे। 

यूएईका लागि हर्षित कौशिक, ध्रुव पराशर, जाहिद अली, हाइडर अली, जुनैद सिद्दीकी र मुहम्मद रोहिदले समान एक विकेट आफ्नो नाममा गरे।

युएईले केही बेरमा जवाफि ब्याटिङ गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad