खेल


क्यालेन्डरमा नभइ ग्राउन्डमा फुटबल चाहियो भन्दै एन्फा मुख्यालयमा धर्ना

क्यालेन्डरमा नभइ ग्राउन्डमा फुटबल चाहियो भन्दै एन्फा मुख्यालयमा धर्ना

नेपालखबर
असोज २६, २०८२ आइतबार १३:३१, काठमाडौँ

नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन्।

आइतबार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन्। उनीहरुले एन्फा मुख्यालमा बिहान ११ बजेसम्म धर्ना दिए। उनीहरुले एन्फा फुटबल एसोसिएसन की कन्सलटेन्सी?, विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ? नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम, घरेलु लिग चलाउः फुटबल बचाउ, वाक्क लाग्दो एन्फाः दिक्क लाग्दो नेपाली फुटबल, फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

एन्फा भित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ। हालै धुलिखेलमा सम्पन्न साधारण सभामा, अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लवहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन्। 

२०८२ मा फुटबल गतिविधिका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ। तर यो रकमको विस्तृत हिसाब सार्वजनिक नहुँदा केही क्लवहरूले असन्तुष्टि जनाएका छन्। 

यसबाहेक खेलाडीहरूको तलव र सुविधाको विषयमा पनि विवाद छ। गत सिजनमा केही क्लवहरूले खेलाडीहरूलाई समयमै तलब नदिएको गुनासो आएको थियो। यस्ता समस्याले युवा खेलाडीहरूको मनोबलमा असर परिरहेको फुटबल विश्लेषकहरूको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad