कला


प्रचारमा जुट्यो ‘मैझारो’ टिम, सांगीतिक प्रस्तुतिदेखि अटो र रिक्सासम्म टाँगियो फिल्मकै पोस्टर

प्रचारमा जुट्यो ‘मैझारो’ टिम, सांगीतिक प्रस्तुतिदेखि अटो र रिक्सासम्म टाँगियो फिल्मकै पोस्टर

नेपालखबर
असोज २६, २०८२ आइतबार १३:३१, काठमाडौँ

कातिक ७ गतेबाट प्रदर्शन हुने फिल्म ‘मैझारो’को प्रचार प्रसार सुरु भएको छ। निर्माण टिमले  पूर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको हाे। यतिबेला पूर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारोमय भएको देखिन्छ। 

गायक तथा हाँस्य कलाकारसमेत रहेका फिल्मका निर्देशक तथा निर्माता विल्सन विक्रम राईले आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन कसिएका हुन्। उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिँदैछन्।

उनीसँग राई इज किङ गायक राजेश पायल राई, संगीतकार तथा गायक अनमोल गुरुङका साथै फिल्मका मुख्य कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। हिजो बिहीबार धरानमा फिल्मको प्रचारका रुपमा कन्सर्टको आयोजना गरिएको थियो। जहाँ हजारौँ धरानबासीको उपस्थिति रहेको थियो।

हिजो मात्रै आफ्नै गृह जिल्लामा यस फिल्मका निर्देशक विल्सन विक्रम राईको टिमले सांगीतिक प्रस्तुति दिएको छ। निर्माण पक्षले झापाको बिर्तामोड, दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी, धरानमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। 

‘फिल्म मैझारोको व्यापक प्रचारमा लागेका छौँ,’उनले भने,‘दर्शकलाई मनोरञ्जनका साथै फिल्म हलमा लाग्न लागेको जानकारी दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ। यो नौलो तरिका पनि हो।’

यसअघि यो फिल्मको प्रचारसामाग्री पोस्टर, दुईवटा गीत र टिजरले दर्शकको मन जिति सकेको छ। तर निर्देशक यतिप्रसारमा नपुग्ने भन्दै उनी सांगितिक कार्यक्रममार्फत आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन होमिएका हुन्। उनको यो डेब्यु निर्देशन पनि हो। 

निर्देशक राईकै लगानी र लेखन रहेको यस फिल्मले मौलिक प्रेम कथालाई समेटेको छ। फिल्ममा धिरज मगर,मिरुना मगर,दिया पुन,बुद्धि तामाङ मुख्य भूमिकामा छन्। फिल्ममा सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतको अभिनय  छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ। सौरभ लामाले खिचेको यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad