आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
ओमानको अल एमिरेट्स क्रिकेट मैदान टर्फ १ मा कुवेतले टस जितेर फिल्डिङ रोेजपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
नेपाल रहेको समूह बी मा कुवेतसँगै जापान छन्। एसिया एण्ड इस्ट एसिया छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।
समूह चरणको पहिलो खेलमा करण केसी र मोहम्मद आदिल आलम बेन्चमा छन्। वेस्ट इन्डिजविरुद्धको खेलमा अनुसासनको कारबाही भोगेका सन्दीप लामिछानेले भने सुरुवाती ११ मा स्थान बनाएका छन्।
कुवेतविरुद्धको सुरुवाती ११
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी
Shares

प्रतिक्रिया