गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्नेमध्ये दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।
प्रहरीले पक्राउ परेका यादवसँग करिब चार लाख नगद र केही सुन पनि बरामद गरेको छ।
आन्दोलनका क्रममा एक समूह वाणिज्य बैंमा प्रवेश गरी नगद तथा सुन लुटपाट गरेको थियो।
621
Shares

प्रतिक्रिया