खेल


वेस्ट इन्डिजसँगको खेलमा सन्दीप लामिछानेमाथि अनुशासनको कारबाही, लगाइएको थियो प्रतिबन्ध

वेस्ट इन्डिजसँगको खेलमा सन्दीप लामिछानेमाथि अनुशासनको कारबाही, लगाइएको थियो प्रतिबन्ध

नेपालखबर
असोज १५, २०८२ बुधबार १८:४३, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारबाही गरिएको जनाएको छ।  

यही सेप्टेम्बर २७ देखि ३० सम्म यूएईको सारजह क्रिकेट मैदानमा पहिलोपटक नेपाल र वेस्ट इन्डिजबीच टी २० सिरिज आयोजना गरिएको थियो। 

उक्त सिरिजमा खेल्नका लागि समावेश लामिछानेले खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि मात्रै नखेल्ने निर्णय गरेकोले उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी र समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएकोले टिम म्यानेजमेन्टको सिफारिसमा प्रतियोगिता अवधिभर निलम्बन गरिएको क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।  

उक्त सिरिज नेपालले वेस्ट इन्डिजमाथि २–१ को नजितासहित ऐतिहासिक रुपमा कब्जा गरेको थियो। 

क्यानले राष्ट्रिय टोलीको अबको लक्ष्य अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी मेन्स टी २० विश्वकप एसिया÷इएपी फाइनल प्रतियोगितामा विजयी भई विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुनु रहेको पनि जनाएको छ। 

त्यस्तै १६ सदस्यीय नेपाली क्रिकेट टोली र अफिसियल यूएईबाटै ओमान गइसकेको पनि सचिव खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad