खेल


वेस्ट इन्डिजलाई नेपालले दियो १२३ रनको लक्ष्य

वेस्ट इन्डिजलाई नेपालले दियो १२३ रनको लक्ष्य

वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल १२२ रनमा अलआउट भयो। तस्बिर: नेपाल क्रिकेट संघ


नेपालखबर
असोज १४, २०८२ मंगलबार २२:९, काठमाडौँ

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा जितका लागि नेपालले १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

युएईको शारजाहस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल १ बलआगावै १२२ रन बनाउँदा अलआउट भयो। 

ओपनर कुशल भुर्तेलले बनाएको ३९ रन नै नेपालका लागि सर्वाधिक रह्यो। २९ बलमा २ चौका र ३ छक्का प्रहार गरेका कुशल क्याच आउट हुन पुगे। 

त्यसअघि छैटौँ ओभरको चौथो बलमा कुशल २६ रन बनाउँदा जेसन होल्डरको बलमा फाबियन एलनले क्याच ड्रप गर्दा जीवनदान पाएका थिए। 

कप्तान रोहित पौडेल १७ रन बनाउँदा विकेट किपरको हातबाट क्याच आउट नै भए। 

कुशल मल्ल १२ र गुल्सन झा १० रन बनाउँदै पेभेलियन फर्के। 

आरिफ शेख ६ रनमा आउट भए। मोहम्मद आदिल आलम ३ रनमा रनआउट हुन पुगे। 

सन्दीप जोरा १४ रन बनाउँदा क्याच आउट नै भए। सोमपाल कामी ४ रनमा एलबीडब्लु धरापमा परे। करण केसी डक आउट भए। 
लोकेश बम ९ रनमा क्याच आउट भए। 

वेस्ट इन्डिजका लागि रामोन सिमोन्डले ४ विकेट लिए। जेडिज ब्लाडेसले २ विकेट झारे। अकिल होसैन र जासोन होल्डरले समान एक विकेट आफ्नो नाममा गरे। 

वेस्ट इन्डिजले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad