दुई पटकको टी–२० विश्वकप विजेता वेष्ट इण्डिजविरुद्ध नेपालले दोस्रो विकेट झारेको छ।
नेपालका नन्दन यादवले पहिलो विकेट लिएका छन् भने यूएईको शारजाह क्रिकेट मैदानमा नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका नन्दनले नेपाललाई दोस्रो सफलता दिलाएका हुन्।
नन्दनले पाचौँ ओभरको पाचौँ बलमा अकिम अगस्तेलाई १५ रनमा दिपेन्द्र सिहं ऐरिको हातबाट क्याच आउट गराउँदै विकेट लिएका हुन्।
त्यसअघि दोस्रो ओभरको दोस्रो बलमा ओपनर केली मेयर्स ५ रनमा रन आउट भए।
छैटौँ ओभरको खेल जारी रहँदा वेष्ट इण्डिजका अमिर जांगो १२ र जेवेल एन्ड्रयु शुन्य रनमा नटआउट छन्।
30
Shares

प्रतिक्रिया