खेल


अमेरिका क्रिकेट बोर्ड निलम्बनमा, तर विश्वकप खेल्न पाउने

अमेरिका क्रिकेट बोर्ड निलम्बनमा, तर विश्वकप खेल्न पाउने

नेपालखबर
असोज ८, २०८२ बुधबार १७:२९, काठमाडौँ

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यूएसए क्रिकेट बोर्डलाई निलम्बन गर्ने निर्णय गरेको छ। आईसीसीको मंगलबार बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो। 

आईसीसीको निलम्बनका बाबजुद पनि आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा हुने आईसीसी विश्वकप र लस एन्जलसमा हुने ओलम्पिकका खेलहरुमा भने सहभागी हुन बाधा पर्नेछैन। 

गत जुलाइमा भएको वार्षिक साधारण सभामा आईसीसीले यूएसए क्रिकेटलाई स्वतन्त्र र निष्पक्ष चुनाव गर्न र व्यापाक सुधार गर्न तीन महिनाको समय दिएको थियो। 

तर त्यसअनुसार काम नभएपछि आईसीसीले निलम्बनको निर्णय लिएको हो। आईसीसीले अमेरिका क्रिकेटमा हुने सुधारको प्रगतिको आधारमा कुनै पनि कारबाही गर्न सकिने चेतावनी पनि दिएको छ। 

अब अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापन र प्रशासन अस्थायी रुपमा आईसीसीको नियन्त्रणमा हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad