मधेस


केन्द्रीय कारागारबाट भागेका कैदी पर्साबाट पक्राउ

केन्द्रीय कारागारबाट भागेका कैदी पर्साबाट पक्राउ

नेपालखबर
असोज ८, २०८२ बुधबार १७:४१, पर्सा

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुनधारा काठमाडौँबाट फरार भएका एक कैदी पर्सामा पक्राउ परेका छन्।

मंगलबार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कालिकामाई गाउँपालिका-५ निवासी ४० वर्षीय मुक्तिनारायण कुर्मीलाई पक्राउ गरेको हो। 

उनी आफ्नै ३५ वर्षीया श्रीमती संगिता देवी कुर्मीलाई घाँटी थिचेर हत्या गरेको कसुरमा पर्सा जिल्ला अदालतले २५ वर्ष कैद सजाय तोकेको अभियुक्त हुन्।

प्रहरीका अनुसार कुर्मी भदौ २४ गते आन्दोलनको दौरान कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी आफ्नै गाउँमा लुकीछिपी बस्दै आएका थिए। 

प्रहरीले पक्राउ परेका कैदीलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा पठाउने तयारी भइरहेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad