खेल


एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेतालाई सम्मान

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेतालाई सम्मान

नेपालखबर
असोज ८, २०८२ बुधबार १६:७, काठमाडौँ

दक्षिणकाली नगरपालिका वडा ८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ। 

विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा खेलाडी सम्मानित भएका हुन्।

सम्मानित खेलाडीमा एरिका गुरुङ, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा डोङ तामाङ, अन्जली महर्जन, एलोन श्रेष्ठ, मिनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा प्रदीप बैजाली मगर, लिजन साउद र एलिशा रास्कोटी मगर रहेका छन्।

सोही अवसरमा प्रशिक्षक कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, अमिर राना र अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङलाई पनि सम्मान गरिएको थियो।

उनीहरूलाई डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, संरक्षक सुदिप आचार्य, सल्लाहकार विष्णु बाँस्तोलालगायतले एक कार्यक्रमबीच सम्मान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad