खेल


यूएईले भिसा नदिएपछि क्यानले गुहार्‍यो आईसीसी

यूएईले भिसा नदिएपछि क्यानले गुहार्‍यो आईसीसी

क्यानले बिहीबार आयोजना गरेको बिदाइ समारोहमा खेलाडीहरू।


नेपालखबर
असोज ३, २०८२ शुक्रबार १९:३२, काठमाडौँ

वेस्ट इन्डिजसँग अर्को साता हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई यूएईले भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत पहल थालेको छ।  

यसअघि यूएईले आवेदन दिएको दोस्रो दिनमा भिसा दिने गरे पनि यसपटक एकसातासम्म पनि खेलाडीहरूको भिसा जारी गरेको छैन। 

२४ तारिखभित्रमा यूएई पुगिसक्ने क्यानको तयारी रहे पनि पछिल्लो परिस्थितिका कारण नेपालीहरूला भिसामा रोक लगाएको छ। जसको मारमा क्रिकेट टोली पनि परेको छ। 

'यसअघि १/२ दिनमै भिसा आउँथ्यो। तर, यसपटक ६ दिन भइसक्दा पनि भिसा लागेको छैन,' क्यानका प्रवक्ता छुम्बी लामाले नेपालखबरसँग भने, 'अहिले हामी दुवै क्रिकेट बोर्ड र आईसीसीमार्फत पहल गरिरहेका छौँ।'

नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी-२० सिरिज खेल्न लागेको हो।  सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ-आफ्नो टोली घोषणा गरिसकेका छन्। 

क्यानले टोलीलाई बिहीबार नै बिदा गरे पनि भिसाका कारण रोकिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad