कारोबार


अरनिको राजमार्गको कोदारी खण्डमा एकतर्फी यातायात सञ्चालनमा

अरनिको राजमार्गको कोदारी खण्डमा एकतर्फी यातायात सञ्चालनमा

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १९:४२, काठमाडौँ

अरनिको राजमार्ग अन्तर्गतको कोदारी सडक खण्ड सञ्चालनमा आएको छ। सडक विभागका प्रवक्ता प्रभावकुमार झाले १०४ प्लस २०० चेनेज आजदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको जानकारी दिए। 

पहिरोका कारण कोदारी खण्डको पाँच स्थान अवरुद्ध रहेको थियो। एउटा खण्डमा एकतर्फी सडक सञ्चालनमा आएपनि बाँकी खण्ड भने अझै अवरुद्ध अवस्थामा छ। 

बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बुधबार तातोपानी नाका जोड्ने सडक सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए। त्यसको भोलि पल्ट अर्थात बुधबार विभागका महानिर्देशक डा. बिजय जैसीको नेतत्वमा विज्ञ टोली सहित कोदारीको अनुगमनमा पुगेको थियो। 

पहिरो माथि बस्ती रहेकाले स्थानीयले सडक सुधारको कार्यमा अवरोध पुर्याउँदै आएका थिए। उक्त टोलीले स्थानीयसँग छलफल पनि गरेको थियो। विभाग र स्थानीयबीच पानी नपरेको समयमा सडक मर्मत गर्ने सहमति भएको थियो।

विभागले आजदेखि पहिरो हटाएर सडक सञ्चालनको पहल अघि बढाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad