खेल


प्रिमियर लिगमा सिटीको दोस्रो हार, ब्राइटन र वेष्ट ह्यामको पहिलो जित

प्रिमियर लिगमा सिटीको दोस्रो हार, ब्राइटन र वेष्ट ह्यामको पहिलो जित

नेपालखबर
भदौ १५, २०८२ आइतबार २१:४३, काठमाडौँ

ब्राइटन एन्ड होभ एल्बियनसँग पराजित हुँदै म्यानचेष्टर सिटीले इङलिस प्रिमियर लिगमा दोस्रो हार व्यहोरेको छ। 

ब्राइटनको घरेलु मैदान अमेरिकन एक्सप्रेस स्टेडियममा आइतबार राति भएको खेलमा सिटी ब्राइटनसँग २–१ ले पराजित भएको हो। 

पहिलो हाफको ३४ औँ मिनेटमा एर्लिङ हालान्डको गोलमा सिटीले खेलमा सुरुवाती अग्रता बनाएको थियो। 

खेलमा अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा सिटीले खेलमा दोस्रो हार भोग्न बाध्य भयो। 

खेलको ६७ औँ मिनेटमा जेम्स मिलनरको पेनाल्टी गोलमा ब्राइटन खेलमा फर्किएको थियो। खेलको ६५ औँ मिनेटमा सिटीका म्याथु नुनेजले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि रेफ्रिले ब्राइटनलाई पेनाल्टीको मौका दिएका थिए। जुन अवसरलाई जेम्सले खेर जान दिएनन्। 

खेलको ८९ औँ मिनेटमा काओरु मितोेमाको पासमा ब्राजन ग्रुडाको गोलमा ब्राइटनले सिटीविरुद्ध अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा ब्राइटनले लिगमा पहिलो जित दर्ता गरेको हो। पहिलो जित सँगै ब्राइटन ४ अंकमा दशौँ स्थानमा उक्लेको छ। 

एक खेलमा जित र दुई खेलमा हार भोगेको सिटी ३ अंकमा तालिकाको १२ औँ स्थानमा छ। 

आजै भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले नटिङघम फरेष्टलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ। 

द सिटी ग्राउण्डमा वेष्ट ह्यामको पहिलो जितमा ज्यारोड बोवेन, लुकास पाक्वेटा र क्यालम विल्सनले समान एक गोल गरे। 

३  खेलबाट पहिलो जित निकाल्दै ३ अंक बनाएको वेष्टह्याम अंक तालिकाको १५ औँ स्थानमा छ। 

एक खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी गरेको नटिङघम फरेष्ट चार अंकमा तालिकाको नवौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad