झाँगड उराँव समुदायले मनाउँदै आएको करम पूजा पर्वलाई सम्मान गर्दै कोसी प्रदेश सरकारले गत वर्षदेखि झाँगड उराँव समुदायलाई मात्रै हुने गरी सार्वजनिक बिदा दिने निर्णय गरेपछि सो समुदायले सम्मान गरेको छ।
समुदायका अगुवा छेबीलाल उराँव यसले आफ्नो समुदायलाई धेरै खुसी दिएको बताए। बिदाबाट खुसी भएका नेपाल झाँगड उराँव युवा मोर्चाले आइतबार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान गरेका छन्।
मुख्यमन्त्री कार्यालयमै आएर उनीहरूले मुख्यमन्त्री कार्कीलाई सम्मान गरेका हुन्।
करम पूजा पर्व हरेक वर्ष भाद्र महिनाको अनन्त चतुर्दशी, पूर्णिमाका दिन मनाइन्छ। झाँगड उराँव जाति लोपोन्मुख समुदायमा पर्छ।
यो जातिको बसोबास मुख्यतया कोसी प्रदेशका मोरङ, सुनसरी, झापा लगायतका जिल्लामा रहेको छ।
२०७८ सालको जनगणना अनुसार नेपालभर करिब ४१ हजार झाँगड उराँव समुदायका मानिसहरू छन्।
सम्मान ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले उक्त समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
समुदायका अगुवा छेविलाल उराँव र युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरू मुख्यमन्त्रीलाई सम्मान पत्र हस्तान्तरण गर्न आएको थियो।
Shares

प्रतिक्रिया