यो वर्षको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई प्रदान गरिएकोछ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो।
त्यस्तै लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै प्रेमदेव गिरीलाई जगदम्बा-श्री प्रदान गरेकाे छ।
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट ०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार दिइएको थियो।
२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको हो। यो सम्मान पहिलोपटक नारायण गोपाललाई दिइएको थियो।
393
Shares

प्रतिक्रिया