खेल


टप एण्ड टि- २० सिरिज: अन्तिम खेल पाकिस्तानको साहिन्सविरुद्ध खेल्दै नेपाल

टप एण्ड टि- २० सिरिज: अन्तिम खेल पाकिस्तानको साहिन्सविरुद्ध खेल्दै नेपाल

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार ५:२३, काठमाडौँ

अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाकिस्तानको साहिन्सविरुद्ध खेल्दैछ। 

डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा हुने खेल शुक्रबार दिउँसो ३ बजेपछि सुरु हुनेछ। 

सिरिजका सुरुवाती तीन खेलमा लगातार हार व्यहोरेको नेपाली टोलीले पछिल्ला दुई खेलमा भने जित निकालेको छ।  नेपाली टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ। 

३ खेलमा हार र २ खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको सातौँ स्थानमा छ। 

सिरिजका पाँच मध्य तिन खेलमा जित र २ खेलमा हार भोगेको पाकिस्तानको टोली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। 

यसअघिका दुई खेलमा नेपालले मेलवर्न रेनेगड्स एकेडेमीलाई ३३ तथा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो। 

मेलवर्न स्टार्स एकेडेमीसँग भने ३१ तथा बंगलादेश ए सँग ३२ रनले पराजित भएको थियो। सिरिजको पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad