खेल


नन्दन यादवको घातक बलिङमा नेपालको पहिलो जित दर्ता

नन्दन यादवको घातक बलिङमा नेपालको पहिलो जित दर्ता

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १४:५७, काठमाडौँ

नन्दन यादवको घातक बलिङमा नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी–ट्वान्टी सिरिजमा पहिलो जित दर्ता गरेको छ। 

मंगलबार भएको सिरिजको आफ्नो चौथो खेलमा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै नेपालले पहिलो जितको स्वाद लिन पाएको हो। 

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १६.१ ओभरमा १ सय १४ रन बनाउँदा अलआउट भयो। 

हुरिकेन्सलाई रोक्न नेपालका नन्दन यादवले ५ विकेट आफ्नो नाममा गरे। नन्दनले १४ औँ ओभरमा लगातार दुई विकेट लिदै हुरिकेन्सलाई संकटमा ल्याएका थिए।

१५ औँ ओभरमा पनि नन्दनले २ विकेट लिए। त्यसअघि नन्दनले चौथो ओभरमा आफ्नो पहिलो विकेट लिएका थिए। 

सन्दीप लामिछाने, रिजन ढकाल, रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा गरे। कप्तान रोहित पौडेलले इनिङ्सको पहिलो ओभरमा नै मेडन विकेट लिर्दै हुरिकेन्समाथि दबाबमा राखेका थिए। 

१७ औँ ओभरको पहिलो बलमा माक्युर्स विन कुशल मल्लको बलमा भिम सार्कीको हातबाट रन आउट भएसँगै नेपालले पहिलो जित हात पारेको हो। 

हुरिकेन्सका लागि ब्राड्ली होपले ३१, चार्ली वाकिमले २८ रन बनाए। 

त्यसअघि डर्विनस्थित काजालिस एरिना पामस्र्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि लोकेश बम २५ र नन्दन यादव १ रनमा अविजित रहे। लोकेशले ११ बलमा ३ चौका र १ छक्का हाने।

आरिफ शेखले बनाएको ३३ रन नै नेपालका लागि सर्वाधिक रह्यो। २६ बलमा ३ चौका प्रहार गरेका आरिफ क्याच आउट हुन पुगे। 

ओपनर आशिफ शेखले बनाएको २९ रन थपे। आशिफले २८ बलमा २ चौका सहयोगमा २९ रन बनाउँदा क्याच आउट भए। 

अर्का ओपनर कुशल भुर्तेल २० बलमा ४ चौका सहयोगमा २७ रन बनाउँदा क्याच आउट नै हुन पुगे। 

भीम सार्की १८ रन बनाउँदा बोल्ड आउट भए। कप्तान रोहित पौडेल ९ रनमा एलबीडब्लु धरापमा परे। कुशल मल्ल ६ रनमा क्याच आउट नै भए। करण केसी १ रनमा आउट भए। 

होवर्ट हुरिकेन्सका लागि निवेथान राधाकिसनन र रफ म्याकमिलनले समान २ विकेट लिए। म्याक्र्युस विन जेव बेल र ब्राण्ले होपले समान एक विकेट आफ्नो नाममा गरे। 

सिरिजको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेश ए टोलीसँग ३२ रनले हार भोगेको थियो। तेस्रो खेलमा नेपाल मेलवर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad