खेल


बिहीबारदेखि एन्फा महिला लिग छनोट

बिहीबारदेखि एन्फा महिला लिग छनोट

नेपालखबर
साउन २८, २०८२ बुधबार १६:५९, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ। एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ। महिला लिग छनोटमा १४ टोलीको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। लिगमा सहभागी उत्कृष्ट  ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्। 

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुईमा स्थान बनाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ । 

समूह ए मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् । 

समूह बी मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्। पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad