समाज


धनुषामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

धनुषामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

नेपालखबर
साउन २८, २०८२ बुधबार १७:१, काठमाडौँ

धनुषामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको गोली धनुषा मिथिला नगरपालिका-६ ढल्केवरका ४८ वर्षीय पप्पु साहलाई गोली लागेको छ।

मिथिला नगरपालिका २ नक्टाझीजमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँको टोलीले एक राउन्ड हवाइ फायर गरेको र एक राउन्ड साहको दाहिने घुँडामुनि प्रहार गरेको हो। 

उनको साथबाट खैरो हेरोइन १०० ग्राम बरामद गरिएको ब्युरोले जनाएको छ। यस्तै बारा परवानीपुर गाउँपालिका वडा नं ३ लिपनीमालकी २७ वर्षकी सेलो देवी रामलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

उनको साथबाट लागुऔषध  खैरो हेरोइन १०८ ग्राम बरामद भएको छ। पप्पु यसअघि पनि लागुऔषध मुद्दामा २ वर्ष कैद भुक्तान गरेर रिहा भएका व्यक्ति हुन्। २०७९ जेठ १३ गते प्रहरी वृत थानकोटबाट मुद्दा चलाइएका उनी २ वर्ष कैद भुक्तान गरेर रिहा भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad