मोरङको कटहरी गाउँपालिका-३ स्थित कटहरी चोकको हुलाकी सडक खण्ड बिहीबार बिहान अनौठो दृश्य देखियो।
मोरङको कटहरी बजारकन स्थानीय महिलाहरूको एक समूहले बिहानैबाट सडक खण्डमै धान रोप्न थालेपछि वरपरका मानिसहरू अचम्मित भएकन थिए। उनीहरूको यो कदम वर्षौंदेखि अधुरो रहेको हुलाकी सडकको अवस्थाप्रति आक्रोश पोख्न थियो।
वर्षा सुरु भएदेखि नै यो सडक हिलोको दलदलमा परिणत भएर हिड्न नै गाह्रो भएपछि स्थानीयले आन्दोलन गरेको कटहरीका स्थानीय एवं पत्रकार पदम सरदारले बताए।

उले भने, ‘सवारी चिप्लिएर दुर्घटना हुने,पैदल हिँड्नै नसक्ने अवस्था छ, बालबालिका स्कुल जान सक्दैनन्। स्थानीयका आवाज कसैले नसुनेपछि महिलाहरू सबै मिलेर सडकमा धान रोपेका हुन्।’
विराटनगरबाट कटहरी चोक हुँदै रंगेली जोड्ने हुलाकी सडक खण्ड लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र छ। वर्षा लागेसँगै सडक पानी र हिलोले भरिन्छ।
धनपालथानको कदमाहा क्षेत्र, विराटनगरदेखि रामचोकसम्मको सडक करिब ८ किलोमिटर अस्तव्यस्त रहेको छ। यो सडक विराटनगर हुँदै झापा जाने सबैभन्दा छोटो सडक हो।
स्थानीयहरूका अनुसार यदि चाँडै सडक निर्माणमा सुधार नआए थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। सडकमा धान रोपेर सडकमै कुर्सी राखेर बसेका महिलाहरूले तत्काल माग समाधान गरेर जान आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया