नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियू शंकरदेव क्याम्पस कमिटीको आयोजनामा सञ्चालित एक हप्ते बास्केटबल प्रशिक्षण क्याम्प सम्पन्न भएको छ।
एक सातासम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा विभिन्न शैक्षिक तहका गरी ६० जना छात्र-छात्राहरूले सहभागिता जनाएका थिए। राष्ट्रिय प्रशिक्षक सौरभ श्रेष्ठको नेतृत्वमा ३ प्रशिक्षकको टोलीले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।
समापन कार्यक्रम बोल्दै अनेरास्ववियूका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र टीमवर्कको भावना अभिवृद्धि गर्ने भन्दै देशभरका शैक्षिक संस्थाहरूमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा प्रशिक्षण सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
84
Shares

प्रतिक्रिया