यूइएफए महिला युरो- २०२५ को उपाधिका लागि आज राति साविक विजेता इङल्यान्ड र विश्वकप विजेता स्पेन फाइनलमा भिड्दैछन्।
स्विटजरल्यान्डको बसेलस्थित सेन्ट जाकोव पार्कमा हुने खेल राति पौने १० बजे सुरु हुनेछ।
साविक विजेता इङल्यान्ड युरोको फाइनलमा विश्व विजेता स्पेनलाई हराउँदै उपाधि रक्षा गर्न चाहन्छ। स्पेनविरुद्ध मैदान उत्रदा इङल्यान्ड महिला विश्वकपको फाइनलको हारको बदला लिने रणनितिमा हुनेछ।
समूह चरणको पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएको इङल्यान्ड त्यसयता अपराजित छ। इङल्यान्डले सेमिफाइनलमा इटालीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै उपाधि नजिक पुगेको थियो।
यता पहिलो पटक युरोको फाइनलमा पुगेको स्पेन अपराजित रहेर उपाधि जित्न चाहान्छ। जारी युरोमा अपराजित रहँदै फाइनलमा पुगेको स्पेन नयाँ इतिहास लेख्न चाहन्छ।
स्पेनले सेमिफाइनलमा साविक उपविजेता जर्मनीलाई १–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो।
सन् २०२३ मा भएको महिला विश्वकपमा इङल्यान्डलाई हराउँदै स्पेनले उपाधि उचालेको थियो। विश्वकपको फाइनलमा स्पेनले इङल्यान्डलाई १–० गोलअन्तरले हराएको थियो।
हेड टु हेड
इङल्यान्ड र स्पेन सबै खाले प्रतियोतियोगितामा १४ पटक भेट भएका छन्। यी भेटमा इङल्यान्डले ७ खेलमा जित हात पारेको छ। स्पेनले चार खेलको नतिजा आफ्नो पक्षमा पारेको छ। ३ खेल भने बराबरीमा टुङग्याएको छ।
सन् २०२५ मा यी दुई टोली तेस्रो पटक भेट हुन लागेका हुन्। युइएफए नेसन्स लिगमा भएको दुई भेटमा इङल्यान्ड र स्पेनले समान एक जित हात पारेका छन्।
सन् २०२५ मा नेसन्स लिगको पहिलो भेटमा इङल्यान्डले १–० ले जित निकालेको थियो। दोस्रो भेटमा चने स्पेनले २–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।
Shares

प्रतिक्रिया