नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो लोगो परिवर्तन गरेको छ। चितवनले आज बुधबार एक विज्ञप्ती जारी गर्दै लोगो परिवर्तन गरेको जानकारी दिएको हो।
चितवनले लोगोमा गैँडालाई मुख्य रुपमा प्रस्तुत गरेको छ। गत सिजनको लोगोमा टोलीले चितवन भन्ने शब्दलाई अगाडि राखेको थियो। तर यो पटक गैडालाई मुख्य रुपमा प्रस्तुत गरेको छ।
चितवनले भनेको छ, 'भाव उही हो, पहिचान अझ मजबुत बनेको छ। गैँडा चितवनको मात्र होइन, पूरै देशको गर्व हो। यही प्रतिकलाई लिएर हामी सिजन २ मा अझ बलियो तरिकाले उत्रन तयार भएका छौँ।'
यो परिवर्तन केबल डिजाइनमा मात्र होइन, समर्पण र गर्वको झल्को पनि हो। चितवनले विज्ञप्तीमा भनेको छ, अबको लोगोमा देखिएको गैँडा, चितवन, नेपाली क्रिकेट र एपीएललाई माया गर्ने लाखौँ समर्थकको प्रतिनिधि बनेर अगाडि आएको छ।
चितवनका अध्यक्ष आयुष न्यौपानेले भने, गत सिजनमा हाम्रो मस्कट मिस्टर गैडाले जुन अभुतपूर्व लोकप्रियता कमाए, त्यसले हाम्रो फ्यानहरुको चाहनालाई प्रस्टसँग देखायो। यही माया र समर्थनलाई कदर गर्दै नयाँ लोगोमार्फत हामी फ्यानहरूको भावना झन् नजिक ल्याउन खोजिरहेको छौँ।
Shares

प्रतिक्रिया