खेल


महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा

महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा

नेपालखबर
साउन ३, २०८२ शनिबार २०:२०, काठमाडौँ

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको उल्लेख गरेका हुन्। 

एन्फा स्रोतका अनुसार वाइल्डले एन्फालाई मेल गर्दै राजिनामा दिएका हुन्। एन्फाले अब एक सातामा छलफल गरेर निर्णय गर्ने बताएको छ।

‘उताबाट राजिनामा आएको हो तर स्वीकृत भैसकेको छैन, के कस्तो हो भनेर पठाउनका लागि भनेका छौँ,’ एन्फा स्रोतले भन्यो, ‘एक साताको समय पनि दिएका छौँ। त्यसपछि के गर्ने भन्ने बारेमा औपचारिक निर्णय हुनेछ।’

एन्फाले केहीसाता अघि मुख्य प्रशिक्षक प्याट्रिकसँग उज्वेकिस्तानमा भएको घटनाको विवरण पठाउन भन्दै स्पष्टीकरण सोधेको थियो। जवाफमा प्याट्रिकले एन्फा भित्रको राजनिति र अहिलेकै अवस्थामा व्यवस्थापनसँग काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा पठाएको स्रोतले जानकारी दियो।
 

यता एन्फा प्रवक्ता सुरेश शाहले भने आफू पनि सञ्चारमाध्यमबाट नै थाहा पाएकाले बुझ्ने प्रयास गरिरहेको बताए।

उनले भने, ‘आज शनिबार भएकाले कार्यालय बन्द छ, पत्र आएको भए सचिवालयमा आउने हो, मलाई यसबारेमा कुनै जानकारी आएको छैन, मैले पनि सञ्चारमाध्यमबाट नै थाहा पाएको हुँ। अध्यक्ष ज्यु देशबाहिर हुनुहुन्छ, महासचिवसँग कुराकानी हुन पाएको छैन।’

एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानीको विषयमा विवाद भएपछि एन्फाका अफिसियल र मुख्य प्रशिक्षक बीच विवाद भएको थियो। 

कप्तानी विषयमा विवाद भएपछि एन्फाका अफिसियल टोलीले पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक प्याट्रिकमाथि सबै दोष लगाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad