नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि भारतको बेंलोर जाने भएको छ। नेपाल क्रिकेट आईसीसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीसहितको टोली भारत जाने भएको हो।
भारतीय क्रिकेट बोर्डको सहयोगमा नेपाली टोली बेंग्लोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यासको अवसर पाएको हो। नेपाली टोलीले जुलाइ २१ देखि अगस्ट ३ सम्म भारतमा अभ्यास गर्नेछ।
यो प्रशिक्षणमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी समावेश छैनन्।
यी खेलाडीले गर्नेछन् भारतमा अभ्यास
रोहित कुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार
Shares

प्रतिक्रिया