आजको व्यस्त जीवनमा, हाम्रा इलेक्ट्रोनिक उपकरणहरू हाम्रो दैनिक जीवनशैलीको अभिन्न अंग बनेका छन्। तर इलेक्ट्रोनिक उपकरणहरू निरन्तर प्रयोग गर्दा तिनीहरूको ब्याट्री कम हुँदै जान्छ।
ट्राफिकमा अड्किएको बेला, यात्रा गरिरहेको बेला, वा घरबाट धेरै घण्टा बाहिर भएको बेला, एउटा राम्रो र भरपर्दो पावर बैंकले तपाईंको फोन, ट्याब्लेट, इअरबड र अन्य ग्याजेटहरूलाई चालु राख्छ।
यस्ता परिस्थितिहरूको सामना गर्न, ग्लोबल टेक्नोलोजी लिडर शाओमीका भरपर्दो र टिकाउ पावर बैंकहरु नेपाली बजारमा सर्बशुलभ रुपमा र सरल मूल्यमा उपलब्ध छन्। शाओमीका रु. ३,४९९ देखि रु. ४,९९९ सम्मका पावर बैंकहरु बजारमा सर्वत्र उपलब्ध छन्।
शाओमी पावर बैंक ४आई : १०००० एमएएच, रु. ३,४९९
यो २२.५ वाट फास्ट चार्जिङ पावर भएको पातलो, कम्प्याक्ट र भरपर्दो पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ।
यसमा यूएसबी – सी र यूएसबी – ए दुबै पोर्ट छन्, र यसले टु वे चार्जिङ पनि सपोर्ट गर्छ (मतलब पावर बैंक चार्ज गर्दा तपाईंको फोन पनि चार्ज गर्न सकिन्छ)।
यसको १८ वाट चार्जरले ४ घण्टामै दिभाइसलाई पूरै चार्ज गर्छ। क्ल्यासिक ब्ल्याक, ओलिव ग्रीन र कोरल पर्पल रंगहरुमा उपलब्ध यो पावर बैंक दिनभर आफूले प्रयोग गर्ने दिभाइसमा पावर चाहिने विद्यार्थी र काम गर्ने मानिसहरूको लागि एकदमै उपयुक्त छ।
शाओमी पकेट पावर बैंक : १०००० एमएएच, रु. ४२९९
रेड्मी पावर बैंक : २०००० एमएएच, रु. ४,४९९
यदि तपाईलाई धेरै पावर चाहिन्छ भने रेड्मी पावर बैंक २००००एम ए एच तपाईको लागि उपयुक्त हुनेछ। यसमा भएका सुरक्षा सुविधाहरू अत्यधिक ताप, सर्ट सर्किट, उच्च भोल्टेज जस्ता समस्याहरू विरुद्ध १२ लेयर सुरक्षा दिन्छ।
यसभित्रको लिथियम पोलिमर ब्याटरीहरु सामान्यभन्दा बढी सुरक्षित र एफिसिएन्ट छन्। कालो र सेतो रंगमा उपलब्ध यो पावर बैंक, धेरै डिभाइस भएका ठाउँमा, चार्जिङ स्पट कम भएका ठाउँमा, र लामो यात्रा गर्नेहरूको लागि उपयुक्त छ।
शाओमी पावर बैंक, ४आई २०००० एमएएच, रु. ४,९९९
३३ वाट सोनिक चार्जिङ भएको यो हेबी–ड्युटी पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ र फिटनेस ट्रयाकर वाच जस्ता सानो साइजका ग्याजेटका लागि लो पावर मोड पनि उपलब्ध छ।
१२ लेयर सुरक्षा सुविधाहरू र धेरै पोर्टहरु (टाइप सी इनपुट, ताइप सी आउटपुट र दुईवटा यूएसबी – ए आउटपुट) सहित, यो पावर बैंक पूर्ण रूपमा चार्ज हुन करिब ६.९ घण्टा लाग्छ र जेट ब्ल्याक, ना इ ट्रो ग्रीन र तर्बो ब्लू रंगहरुमा उपलब्ध छ।
Shares

प्रतिक्रिया