खेल


साफ यू-२० फुटबल : नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलियो

साफ यू-२० फुटबल :  नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलियो

नेपालखबर
असार ३१, २०८२ मंगलबार १९:२, काठमाडौँ

वर्षा बाधक बनेपछि नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलिएको छ। 

बंगलादेशको ढाकामा भारी वर्षा भएपछि यू-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) अन्तर्गत  नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलिएको हो। 

नेपाली समयअनुसार ६ : ४५ बजे हुने तालिका रहेकोमा अब ८ः ४५ मा खेल हुने अलिख नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। 

नेपाल अकं तालिकाको दोस्रो स्थानमा छ भने श्रीलंका अन्तिम स्थानमा छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भयो।

त्यसैगरी श्रीलंका भने पहिलो जितको लक्ष्यमा छ। श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० ले पराजित भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad