नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारले संसद्को अवमूल्यन गर्ने तथा संसदीय प्रणालीमाथि छेडखानी गरिरहेको आरोप लगाएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको व्यवहारले संविधान र व्यवस्थाप्रति जनतामा अरुची र संकट पैदा हुँदै गएको टिप्पणी गरे।
‘संसद् विघटन गरेको पृष्ठभूमि भएको नेताले सरकारको नेतृत्व गरिराख्नु भएको छ, सरकारले संसद्को अवमूल्यन गर्ने, हेप्ने र संसदीय प्रणालीलाई छेडखानी गर्ने काम गरिराखेको छ,’ सापकोटाले भने, ‘यसले संसद् मात्रै होइन व्यवस्थामाथि अरुची र संकट पैदा गर्दछ। यो सरकार जे उद्देश्य प्राप्तिको लागि गठन भएको छ त्यो उद्देश्य प्राप्तिमा असफल छ। राष्ट्र, जनता, सुशासन, संविधानको संशोधन र समृद्धिको कोणबाट हेर्दा पूर्णतः यो सरकार असफल छ।’
सरकार भ्रष्टाचारमा अल्मलिएको कारण जनताप्रति उत्तरदायी हुन नसकेको उनको आरो छ।
Shares

प्रतिक्रिया