खेल


महिला भलिबल खेलाडीको ‘प्लेयर अक्सन’ साउन २ देखि

महिला भलिबल खेलाडीको ‘प्लेयर अक्सन’ साउन २ देखि

नेपालखबर
असार २९, २०८२ आइतबार २०:२१, काठमाडौँ

भलिबलको ‘प्लेयर अक्सन’ पहिलोपटक महिला भलिबलमा सुरु हुन गइरहेको छ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिग अन्तर्गतको उक्त कार्यक्रम आगामी साउन २ गते (जुलाई १८, २०२५) काठमाडौँमा आयोजना हुनेछ। ६ वटा फ्रेन्चाइज टोलीहरूको सहभागितासहित यो प्रक्रिया नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा एक युगान्तकारी मोड सावित हुने अपेक्षा गरिएको छ।

प्रत्यक्ष बोलकबोल प्रणाली अन्तर्गत, टोलीहरूले राष्ट्रिय स्टार खेलाडीहरू, नवप्रतिभा र उदाउँदा खेलाडीहरूबीचबाट आफ्नो टिम बनाउने अवसर पाउनेछन्। यस प्रक्रियाले पारदर्शी, प्रतिस्पर्धात्मक र प्रतिभामा आधारित छनोट सुनिश्चित गर्नेछ, जसले खेलाडीहरूको क्षमता र योगदानलाई सम्मान दिने आयोजकको भनाई छ।

‘यो अक्सन मात्र होइन, नेपाली महिला भलिबलको लागि एक ऐतिहासिक मोड हो’ वात्सल्य एभरेष्ट महिला भलिबल लिगले भनेको छ, ‘पहिलोपटक नेपाली महिला भलिबल खेलाडीहरू यस्तो व्यावसायिक संरचनामा प्रवेश गर्दैछन्, जहाँ उनीहरूको सीप, बजार मूल्य र पहिचानलाई संस्थागत मान्यता दिइन्छ। हामी सबैका लागि यो गर्वको विषय हो।’

अक्सन कार्यक्रम काठमाडौंमा, लिग पदाधिकारीहरू, फ्रेन्चाइज प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad