खेल


फिफा क्लब विश्वकप- उपाधिका लागि पीएसजी र चेल्सी भिड्दै

फिफा क्लब विश्वकप- उपाधिका लागि पीएसजी र चेल्सी भिड्दै

नेपालखबर
असार २९, २०८२ आइतबार १२:३३, काठमाडौँ

फिफा क्लब विश्वकपको उपाधिका लागि आइतबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) र चेल्सी भिड्ने भएका छन्। मेटलाइफ स्टेडियममा हुने खेल मध्यराति पौने १ बजे सुरु हुनेछ। 

युरोपियन च्याम्पियन्स लिगको उपाधि विजेता पीएसजी क्लब विश्वबल जित्दै यो सिजनलाई सानदार बनाउने योजनामा छ। पीएसजी  सेमिफाइनलमा रियल मड्रिडलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो। 

पीएसजी पहिलो पटक क्लब विश्वकपको उपाधि जित्दै आफूलाई अब्बल क्लबको रुपमा उभ्याउन चाहान्छ। 

उता चेल्सीले सेमिफाइनलमा फ्लुमिनेन्सलाई २-० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। चेल्सी दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न चाहन्छ। चेल्सीले यसअघि सन् २०२२ मा क्लब विश्वकपको उपाधि उचालेको थियो। 

क्लब फुटबलमा पीएसजी र चेल्सीबीच ८ खेलमा भेट भएको छ। ती मध्य तिन खेलमा पिएसजीले उपाधि उचालेको छ। ३ खेल बराबरी हुँदा २ खेलको नतिजा चेल्सीले आफ्नो पक्षमा पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad