पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी झापाले आयोजना गरेको हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ।
झापाको दमकमा सञ्चालित हस्ताक्षर अभियानमा प्रहरी आएर माइ खोसेको र हटाउन दवाव दिएको रास्वपा झापाका नेता प्रकाश पाठकले बताएका छन्।
प्रधानमन्त्रीको सवारी हुने भन्दै हस्ताक्षर अभियान हटाउन दबाब दिएको उनीहरूको दाबी छ।
‘रास्वपा दमकले सञ्चालन गरेको हस्ताक्षर अभियानमा हस्ताक्षेप गरी लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण रूपमा आफ्ना विरोध, अभियान तथा असन्तुष्टि राख्न पाइने कानुनी व्यवस्थाको उपहास हुने गरी माइक भाँचिदिएका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो घटनाले यिनको नियत र प्रतिशोधपूर्ण व्यवहारलाई थप उदाङ्गो पारिदिएको छ।’
शनिबार झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि त्यही रहनेछन्। उनी हिजो इलाम पुगेर अस्पतालको उद्घाटन गरेका थिए।
Shares

प्रतिक्रिया