कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ।
रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो। यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र ८ वटा फ्लडलाइट जडान गरिँदैछ।
निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी ५ रङका कुर्सी जडान हुने छन्।
प्यारापिटलाई रंगशलाको पश्चिमतर्फ ६ र पूर्वतर्फ २ गरी ८ खण्डमा विभाजन गरिएको छ। प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन्। रासस
123
Shares

प्रतिक्रिया