खेल


पहिलो हाफमा नेपाल ३–१ गोलले पछि, १० खेलाडीमा समेटियो उज्बेकिस्तान

पहिलो हाफमा नेपाल ३–१ गोलले पछि, १० खेलाडीमा समेटियो उज्बेकिस्तान

नेपालखबर
असार २१, २०८२ शनिबार २२:७, काठमाडौँ

महिला एसियन कप छनोटअन्तर्गत ग्रुप एफको नेपालसँगको खेलमा उज्बेकिस्तानकी खेलाडीले रेड कार्ड पाएकी छिन्। 

पहिलो हाफको इन्ज्युरी समयमा उज्बेकिस्तान १० खेलाडीमा सीमित हुन पुगेको हो। 

उज्बेकिस्तानकी इग्रासेभाले साम्बामाथि खराब ट्याकल गरेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाएकी हुन्।

एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको जारी अन्तिम खेलमा उज्बेकिस्तानविरुद्ध नेपाल पहिलो हाफमा ३–१ गोलले पछि परेको छ।

यसअघि खेलको दोस्रो मिनेटमा नै १–० ले अग्रता बनाएको उज्बेकिस्तानले ११ औँ मिनेटमा अग्रता दोब्बर पार्यो। खेलको ११ औँ मिनेटमा उज्बेकिस्तानले आत्मघाति गोलमा नेपालविरुद्ध अग्रता दोब्बर पारेको हो। 

उज्बेकिस्तानकी कप्तानको प्रहार नेपालकी गोलरक्षक अञ्जनालाई बिट गर्दै अघि बढेको बल डिफेन्डर समिक्षा घिमिरेलाई लाग्दै गोलमा परिणत भयो। 

खेलको १६ औँ मिनेटमा नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाको पासमा रश्मी कुमारी घिसिङको प्रहार सिधै उज्बेकिस्तानकी गोलरक्षकको हातमा पुग्यो। 

सुरुवात देखि नै दबाबमा परेको नेपालका लागि खेलको २४ औँ मिनेटमा साम्बाको गोलमा नेपाल २–१ को अवस्थामा आयो। उज्बेकिस्तानका डिफेन्डरलाई छक्याउँदै डिबक्स बाहिरबाट साम्बाले गरेको सशक्त प्रहारले सिधै पोष्टको जाली चुम्यो। 

खेलको ३८ औँ मिनेटमा उज्बेकिस्तानले पेनाल्टी गोलमा नेपालविरुद्ध अग्रता फराकिलो पारेको छ। डिबक्सभित्र नेपालकी डिफेन्डर सरस्वती हमालको ह्याण्ड भएपछि उज्बेकिस्तानले पेनाल्टी मौका पाएको थियो। 

पहिलो हाफको इन्ज्युरी समयमा साम्बाको फ्रिकिक प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad