खेल


सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

नेपालखबर
असार २१, २०८२ शनिबार १३:०, काठमाडौँ

सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ।

नेपाली टोलीले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करणमा पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो। 

शनिबार बिहान भएको फाइनल खेलमा सिंगापुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। 

नेपालका लागि जय थापा २४ र अभय यादव १० रनमा अविजित रहे। नवौँ विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गर्दै नेपाललाई जिताएका हुन्। 

विकेट किपर शिवांश बजगाईंले २० रन बनाए भने शुभम् खनालले १८ रन थपे।

प्रसिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए। 

रौनक श्रीवास्तव शून्य र सुगम बुढाथोकी १ रनमा आउट भए। 

छैटौँ ओभरमा शिवांश र रौनकलाई गुमाएपछि नेपाली युवा टोलीलाई दबाब परेको थियो। 

२५औँ ओभरमा विपिनप्रसाद शर्मा र सचिन भट्टा आउट भएपछि नेपाली युवा टोलीलाई थप दबाब सिर्जना भएको थियो।

त्यसअघि मलेसियाको वांगीस्थित वाईएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो। 

सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए। 

विपिनप्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे। अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे। शुभम खनालले दुई विकेट झारे। 

सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे। 

कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad