खेल


महिला एसियन कप छनोट: उज्वेकिस्तानविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

महिला एसियन कप छनोट: उज्वेकिस्तानविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

नेपालखबर
असार २१, २०८२ शनिबार ६:३७, काठमाडौँ

एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ। 

उज्वेकिस्तानमा हुने खेल शनिबार साँझ सवा ९ बजेपछि सुरु हुनेछ। 

अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा पुग्नका लागि नेपाल र उज्वेकिस्तान दुवै टोली जित्नै पर्ने दबाबमा छन्। समूह चरणको अन्तिम खेल दुवै टोलीका लागि फाइनल सरह रहेको छ। 

आजको खेलमा पराजित हुने टोली एसियन कपको दौडबाट बाहिरिने छ। त्यसैले दुवै टोली जितका लागि नै मैदान उत्रनेछन्। 

यी दुई टोलीबीच निर्धारित ९० मिनेटमा नतिजा नआएमा खेल सिधै टाइब्रेकरमा जानेछ। त्यसैले नेपाली टोली निर्धारित ९० मिनेटमा नै उज्वेकिस्तानलाई हराउने रणनीतिमा हुनेछ। 

समूह चरणमा लगातार दोस्रो जित निकालेका नेपाल र उज्वेकिस्तानको समान ६ अंक छ। यी दुई टोलीले २ खेलमा समान १७ गोल गरेका छन्। 

समूह चरणको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पाखा लगाएको थियो। उता उज्वेकिस्तानले भने श्रीलंकालाई १०–० ले तथा लाओसलाई ७–० ले पराजित गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad