एसीसी यू-१६ इस्ट जोन कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले आज भुटानसँग खेल्दैछ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा हुने खेल मंगलबार बिहान पौने ८ बजे सुरु हुनेछ।
समूह चरणमा अपराजित रहेको नेपाली युवा टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।
नेपाल आजको खेलमा भुटानलाई हराउँदै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ।
नेपालसँगै समूह ‘ए’बाट चार खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगिसकेको छ।
यस्तै समूह ‘बी’बाट मलेसिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन्।
आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो। इस्ट जोन कपमा १० टोली सहभागी छन्।
समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन्। यस्तै समूह ‘बी’ मा आयोजक मलेसयासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।
सेमिफाइनलका खेलहरू बिहीबारदेखि सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिबार हुनेछ।
Shares

प्रतिक्रिया