नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनका निम्ति पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित ७ जनालाई रिटेन गरेको छ।
पोखरा एभेन्जर्सले आइतबार विज्ञप्ती जारी गर्दै भुर्तेलसहित सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई आगामी संस्करणमा पनि निरन्तरता दिने जनाएको हो। भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलर हुन्। रिटेन हुने ठगुन्ना, खरेल र दास ब्याट्सम्यान हुन्।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने दाबी गरे पनि हालसम्म औपचारिक रुपमा मिति भने घाेषणा गरिएको छैन।
177
Shares

प्रतिक्रिया